महराविरूद्ध अदालतमा मुद्दा दर्ता, साढे ७ वर्ष जेल सजायको माग
काठमाडौं । जिल्ला अदालत काठमाडौं तत्कालिन सभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरूद्ध जवरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको हो ।
जसमा साढे ७ वर्षसम्मको जेल कैद सजायको माग गरिएको छ ।काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।
उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।महरामाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो । पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो ।
महरालाई रोशनी शाहीलाई रातिको समयमा उनकै निवास तीनकुनेस्थित डेरामा पुगेर जवरवस्ती करणी गरेको आरोप लागेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया