प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

विदुर खबर २०७६ कार्तिक १३ गते १९:३६

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनी उपचाररत अस्पताल ग्रान्डीले जानकारी गराएको छ।

Advertisement

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै अस्पतालले नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार भर्ना भएका प्रधानमन्त्रीलाई भोलिसम्ममा डिस्चार्ज गरिने जानकारी गराएको हो।

‘वहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। आवश्यक परीक्षणहरू पूरा भएपछि आज राती वा भोलिसम्ममा डिस्चार्ज गरिनेछ,’ अस्पताल र प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेकी डा दिव्यासिंह शाहद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। बुधबार बिहान पौने १० बजेको समयमा उनलाई अस्पताल पुर्‍याइएको थियो।

Advertisement

प्रतिक्रिया