युवतीलाई बलात्कार गरेको आरोपमा नुवाकोट ककनीका ज्ञानेन्द्र गजुरेल पक्राउ

विदुर खबर २०७६ कार्तिक १३ गते १५:०९

नुवाकोट ।  १९ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले  नुवाकोटको ककनी गाउँपालिकाका ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको छ ।

Advertisement

उनलाई  कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ। उनीसहित  दाङको तुलसीपुर–१८ सन्देश शर्मा पोखरेल समातिएका छन ।उनीहरुले गत असोज २९ गते ललितपुरमा एक युवतीलाई सामुहिक बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर परिसरको मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिए।उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ।कुमारीपाटी बस्दै आएका पोखरेलले एक युवतीलाई असोज २९ गते आफ्नो कोठामा बोलाएका थिए। त्यसपछि गजुरेल र पोखरेल मिलेर बताल्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्।

पक्राउ परेका गजुरेल नेपाली कांग्रेस नुवाकोटका नेता रहेको बुझिएको छ । गजुरेलसंगै पक्राउ परेका सन्देश शर्मा पोखरेल युवा संघका केन्द्रीय सदस्य रहेको बुझिएको छ ।

Advertisement

प्रतिक्रिया