एनसीसी बैंकको बोर्ड बैठकमा सीआईवीको छापा, ऋण दुरुपयोग गरेको आरोप
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को बोर्ड बैठकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले छापा मारेको छ । ऋण दुरुपयोग गरेको अभियोगमा बोर्ड बैठकमा छापा मारेर केही पदाधिकारी र कर्मचारीलाई शुक्रबार बागबजारमा जारी बोर्ड बैठकबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बैंकमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ ।
“एनसीसी बैंकमा भएको घोटाला सम्बन्धी उजुरी छानविनका लागि अनुसन्धान सुरु गरेका हौं,” सीआईवी प्रमुख पुष्कर कार्कीले भने, “अनुसन्धान हुँदैछ । घटनाका बारेमा छिट्टै सार्वजनिक गर्नेछौं ।”
एनसीसी बैंकसँग केही समय पहिले मर्ज भएको एपेक्स बैंकको ऋण दुरुपयोग सम्बन्धी विषय भएको स्रोतले जानकारी दिएको छ । एपेक्सका तत्कालीन पदाधिकारी र व्यवस्थापनको मिलेमतोमा ऋण दुरुपयोग भएको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया