एनसीसी बैंकको बोर्ड बैठकमा सीआईवीको छापा, ऋण दुरुपयोग गरेको आरोप

विदुर खबर २०७४ चैत २ गते ७:५३

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को बोर्ड बैठकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले छापा मारेको छ । ऋण दुरुपयोग गरेको अभियोगमा बोर्ड बैठकमा छापा मारेर केही पदाधिकारी र कर्मचारीलाई शुक्रबार बागबजारमा जारी बोर्ड बैठकबाटै नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बैंकमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको भन्दै उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

“एनसीसी बैंकमा भएको घोटाला सम्बन्धी उजुरी छानविनका लागि अनुसन्धान सुरु गरेका हौं,” सीआईवी प्रमुख पुष्कर कार्कीले भने, “अनुसन्धान हुँदैछ । घटनाका बारेमा छिट्टै सार्वजनिक गर्नेछौं ।”

एनसीसी बैंकसँग केही समय पहिले मर्ज भएको एपेक्स बैंकको ऋण दुरुपयोग सम्बन्धी विषय भएको स्रोतले जानकारी दिएको छ । एपेक्सका तत्कालीन पदाधिकारी र व्यवस्थापनको मिलेमतोमा ऋण दुरुपयोग भएको बताइएको छ ।

प्रतिक्रिया