कास्की २ को नेकपा उम्मेदवारमा विद्या भट्टराई सिफारिस

विदुर खबर २०७६ कार्तिक ८ गते १९:५०

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ बाट विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

Advertisement

जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले भट्टराईको मात्र नाम सिफारिस गरेको हो। नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए। गण्डकी प्रदेशसभा सदस्य समेत रहेका थापाले भने, ‘सर्वसम्मत रुपमा सबै साथीहरूले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौं।’

मंसिर १४ गते देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभाका लागि कास्की २ मा मात्रै निर्वाचन हुँदैछ।तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त थियो।नेकपाले यसअघि कार्तिक १० गतेसम्म उमेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको थियो। भट्टराई स्वर्गीय मन्त्री अधिकारीकी पत्नी हुन्।

Advertisement

प्रतिक्रिया