हेटौँडाका होटलमा अनुगमन, अखाद्य वस्तु नष्ट
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभर्याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी २० वटा पसलमा आज स्थलगत अनुगमन गरी अखाद्य वस्तु मिसावट र अन्य खानेकुरा जफत गरेको छ ।
अनुगमन टोलीले कान्तिराजपथमा रहेको अनमोल स्वीटस् मिठाइ पसलमा अखाद्य वस्तु मिसावट मिठाइहरु, स्थानीय बसपार्कमा रहेको खाजाघरमा राखिएको गुणस्तरहीन एवं बासी चाउमिन, चना, मासु फ्राई, अण्डा, आलुचप र राजमार्गमा रहेको होटलमा भेटिएको बासी खानालगायत पेय पदार्थ पनि जफत गरी नष्ट गरिएको जिप्रकाका प्रतिनिधि सहदेव आचार्यले बताउनुभएको छ ।
अनुगमनका क्रममा राजमार्गमा रहेको विभिन्न होटलमा यात्रुले देखिने गरी खानाको मूल्यसूची राखिनुपर्ने, भान्छाघरलाई स्वच्छ बनाई यात्रुलाई स्वच्छ खाना उपलब्ध गराउनुपर्ने र होटलको गुणस्तरलाई कायम राख्न थप सरसफाइ गरी खाद्य सामग्री सात दिनभित्र भण्डारण गर्न निर्देशन दिएको र अर्कोपटक अनुगमन गरिँदा सो सुझाव दिएअनुसारको फेला नपरेमा कानूनी कारवाही अगाडि बढाइने क्षेत्रीय गुण नियन्त्रण प्राविधिक कार्यालयका प्रमुख सोमकान्त रिजालले बताउनुभएको छ ।
शुक्रबार स्थानीय हेटौँडा बजार, मनहरी, लोथर बजारमा आकस्मिकरुपमा अनुगमन गर्न विभिन्न टोली खटाइएको जिप्रका मकवानपुरले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया