गेर्खुटारबाट वडासदस्यसहित ४ जना पक्राउ

विदुर खबर २०७६ कार्तिक ३ गते २०:५५

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर १० को शुभघाटबाट वडा सदस्यसहित अन्य तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्र्तगत शुभघाटमा स्थानियबासीले अवरोध सिर्जना भएको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नगरपालिका वडा नम्बर १० का वडा सदस्य विष्णुप्रसाद प्याकुरेल, गल्छी–त्रिशुली सडक सरोकार समितिका संयोजक शिबबहादुर नेपाल,सचिव लेखनाथ रिजाल र सडक प्रभावित दुर्गा पौडेल रहेका छन ।

सडक योजनाले अव्यवहारिक रुपमा मुअब्जा दिने निर्णय गरेकोले स्थानियबासीहरुले सडक निर्माणमा अवरोध पुराएको बताएका छन । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रबसी–रसुवागढी सडक योजनाले गेर्खुखोलादेखि–बेत्रावतिसम्म १५–१५ मिटरभित्र पर्ने जग्गाको मात्र मुल्य निर्धारण गरेको छ । तर स्थानियबासीले सडक योजनाले गरेको मुल्याङकन अव्यवहारिक भएको बताएका छन ।

Advertisement

प्रतिक्रिया