सरकार विस्तारको तयारी– राजपा नजाने, फोरमका ३ मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलिमै सरकार विस्तारको तयारी गरेका छन् । नेकपा एमाले, माओवादी र संघीय समाजवादी फोरमबाट सरकारमा थप मन्त्री पठाउने तयारी छ ।
मन्त्रिपरिषद विस्तारकै विषयमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पनि छलफल भएको थियो ।
एमालेबाट यसअघि प्रधानमन्त्रीसहित ४ जना सरकारमा सहभागी भइसकेका छन् । प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल लगायतका नेताको सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
नेकपा एमालेको यसअघि बसेको बैठकले मन्त्री छान्ने जिम्मा पनि अध्यक्ष ओलीलाई नै दिएको छ । सोहीअनुसार माओवादी केन्द्रले पनि मन्त्रीको टुंगो लगाउन भन्दै बैठक बोलाएको थियो ।
प्रवक्ता पम्फा भुसालकाअनुसार बैठकमा मन्त्री बन्ने व्यक्तिको विषयमा केन्द्रीत भएर छलफल भएको बताइन् । उनले सरकारमा को को सहभागी हुने भन्ने बारेमा यसअघि नै सामान्य छलफल र निर्णय भएको बताए पनि नाम भने बताउन चाहिनन् ।
स्रोतकाअनुसार जनार्दन शर्मा प्रभाकर, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, विना थापामगर, गिरिराजमणि पोखरेल लगायतका नेताको नाममा छलफल भएको छ । यसअघि रामबहादुर थापा बादल गृहमन्त्रालय र मातृका यादव उद्योग मन्त्रीको जिम्मेवारी पाएका थिए । माओवादीलाई सातवटा मन्त्रालय भागवण्डामा परेको छ ।
फोरम नेपाल पनि आजै सरकारमा सहभागी हुने तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । तर को–को मन्त्री बनाउने सूची सो दलले प्रधानमन्त्रीलाई अझै पठाइनसकेको सचिवालयले जानकारी गरायो ।
सो विषयमा प्रधानमन्त्री ओली, केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएपछि टुंगो लाग्ने बताइएको छ । फोरम नेपालका एक नेताकाअनुसार अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी फोरमले गरेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइनसके पनि अध्यक्ष यादव, नेताहरु राजेन्द्र श्रेष्ठ र रेणु यादव मन्त्री बन्ने करिब पक्का भएको छ ।
यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल, डा. युवराज खतिवडा सरकारमा सहभागी भइसकेका छन् । एमालेमा मन्त्रीका आकांक्षी पनि धेरै भएकाले भागबण्डा मिलाउन समस्या भएको स्रोतले जानकारी दियो ।
एमालेमा योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नारदमुनी रानाथारु, पद्मा अर्याल लगायतका नेताका बारेमा पनि छलफल भएको स्रोतले जानकारी दियो ।
राजपा सरकारमा नजाने
प्रधानमन्त्री ओलीले फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दुवै मधेसवादी दललाई सरकारमा सहभागी गराउने प्रयास गरेपनि राजपा तत्काल सकारमा नजाने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा जाने ठोस आधार तयार भइनसकेकाले तत्काल सरकारमा सहभागी नहुने बताए । तर सरकारलाई बाहिरबाटै समर्थन गर्ने उनको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया