युट्युब प्रयाङ्क भिडियो बनाउन आफ्नै प्रेमीको हत्या

विदुर खबर २०७४ चैत २ गते १:४२

बीबीसी । अमेरिकामा एक जोडी युट्युब प्रयाङ्क भिडियो बनाउने क्रममा दुर्घटनामा पर्दा प्रेमिकाको हातबाट युवकको मृत्यु भएपछि उनलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।

Advertisement

२० वर्षीया मोनालिसा प्रेजलाई उनका प्रेमी पेड्रो रुइजले गत जुनमा एक फिट टाढाबाट बन्दुक चलाउन लगाएका थिए । त्यस समय पेड्रोले आफ्नो छातिमा १.५ इन्चको मोटो इन्साइक्लोपिडिया किताब बोकेर उभिएका थिए । तर मोनालिसाले धेरै नजिकबाट गोली चलाएपछि किताबले उनलाई छेक्न नसक्दा पेड्रोलाई गोली लागेको हो । यसरी आफ्नै हातबाट प्रेमीको मृत्यु भएपछि मोनालिसालाई घटनाले स्तब्ध बनाएको थियो ।

यसका लागि उनीमाथि २० वर्षको जेल सजाय तोक्न सकिने बताइएपनि स्टन्टको सबै योजना पेड्रोले नै बनाएको प्रमाणित हुँदा अदालतले उनको सजाय कम गराउने निर्णय गरेको बताइएको छ । उनीहरुले सुरक्षित मानेर उक्त स्टन्ट गरेकाले दुर्घटनावश् पेड्रोको मृत्यु भएकाले पनि मोनालिसालाई अदालतले केबल ६ महिनाको सजाय सुनाएको छ ।

Advertisement

इन्टरनेटमा चर्चित हुने मोहले उनीहरुले यस प्रकारको भिडियोहरु बनाउन सुरु गरेका थिए । यसअघि भने उनीहरुका सबै स्टन्ट सामान्य रहेको पाइएको थियो । तर त्यस्तो खतरनाक स्टन्ट गर्नुअघि उनीहरुले सुरक्षा सम्बन्धि पूर्व जानकारी नलिएको हुनाले अकस्मात दुर्घटनामा पर्नुपरेको हो ।

त्यस समय घटनास्थलमा उनीहरुको दुई वर्षे छोरासहित छिमेकका साथीहरु समेत उपस्थित रहेपनि मोनालिसालाई कसैले नरोक्दा दुर्घटना हुन पुगेको बताइएको छ । उनीहरुले दैनिकजसो यस प्रकारको प्रयाङ्क गर्ने गरेकाले पनि वरिपरिका कसैले वास्ता नगरेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया