युट्युब प्रयाङ्क भिडियो बनाउन आफ्नै प्रेमीको हत्या
बीबीसी । अमेरिकामा एक जोडी युट्युब प्रयाङ्क भिडियो बनाउने क्रममा दुर्घटनामा पर्दा प्रेमिकाको हातबाट युवकको मृत्यु भएपछि उनलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।
२० वर्षीया मोनालिसा प्रेजलाई उनका प्रेमी पेड्रो रुइजले गत जुनमा एक फिट टाढाबाट बन्दुक चलाउन लगाएका थिए । त्यस समय पेड्रोले आफ्नो छातिमा १.५ इन्चको मोटो इन्साइक्लोपिडिया किताब बोकेर उभिएका थिए । तर मोनालिसाले धेरै नजिकबाट गोली चलाएपछि किताबले उनलाई छेक्न नसक्दा पेड्रोलाई गोली लागेको हो । यसरी आफ्नै हातबाट प्रेमीको मृत्यु भएपछि मोनालिसालाई घटनाले स्तब्ध बनाएको थियो ।
यसका लागि उनीमाथि २० वर्षको जेल सजाय तोक्न सकिने बताइएपनि स्टन्टको सबै योजना पेड्रोले नै बनाएको प्रमाणित हुँदा अदालतले उनको सजाय कम गराउने निर्णय गरेको बताइएको छ । उनीहरुले सुरक्षित मानेर उक्त स्टन्ट गरेकाले दुर्घटनावश् पेड्रोको मृत्यु भएकाले पनि मोनालिसालाई अदालतले केबल ६ महिनाको सजाय सुनाएको छ ।
इन्टरनेटमा चर्चित हुने मोहले उनीहरुले यस प्रकारको भिडियोहरु बनाउन सुरु गरेका थिए । यसअघि भने उनीहरुका सबै स्टन्ट सामान्य रहेको पाइएको थियो । तर त्यस्तो खतरनाक स्टन्ट गर्नुअघि उनीहरुले सुरक्षा सम्बन्धि पूर्व जानकारी नलिएको हुनाले अकस्मात दुर्घटनामा पर्नुपरेको हो ।
त्यस समय घटनास्थलमा उनीहरुको दुई वर्षे छोरासहित छिमेकका साथीहरु समेत उपस्थित रहेपनि मोनालिसालाई कसैले नरोक्दा दुर्घटना हुन पुगेको बताइएको छ । उनीहरुले दैनिकजसो यस प्रकारको प्रयाङ्क गर्ने गरेकाले पनि वरिपरिका कसैले वास्ता नगरेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सुर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो
नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ
बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे
मोटरसाइकल अनियन्त्रित हुँदा धादिङका राहुलको मृत्यु
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु 





प्रतिक्रिया