नौबिसे–नागढुंगा सडक मर्मत सुरु

विदुर खबर २०७६ कार्तिक १ गते १६:०६

नुवाकोट । नौबिसेबाट नागढुंगा आउने सडकको बेहाल भएपछि सडक डिभिजन कार्यालय चितवनले मर्मत थालेको छ ।

Advertisement

तिहारअघि नै सक्ने गरी मंगलबारबाट काम थालिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले जनाएको छ । दशैंअघि नै सवारी रोकेर कालोपत्रे गर्न खोज्दा जामले समस्या भएपछि काम रोकिएको थियो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंबाट अनुसार मंगलबारबाट त्रिभुवन राजपथको थानाकोटबाट पिपलमोडसम्मको सडक मर्मत सुरु भएको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख राजेन्द्र शर्माका अनुसार पिपलमोडभन्दा माथि नागढुंगासम्मको सडकको मर्मत भने सडक डिभिजन कार्यालय काठमाडौंले गर्नुपर्छ ।‘तर एक मिनेट सवारी रोक्नासाथै सवारीको भयंकर जाम हुन्छ,’ उनले भने, ‘बाँकी खण्डमा कसरी गर्ने भनेर आजै मात्र म आफैं अवलोकनमा गएर आएँ । अवस्था निकै कठीन छ ।’ अहिले कलंकी–नागढुंगा सडकमा पनि कालोपत्रे भइरहेको छ । विहान ९ बजेबाट एकतर्फी सवारी सञ्चालन गर्ने गरी कालोपत्रको काम भइरहेको हो ।

Advertisement

प्रतिक्रिया