जिल्ला अदालत काठमाण्डौद्धारा नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न आदेश

विदुर खबर २०७६ असोज २९ गते १९:४१

काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले नेकपाका सांसद पार्वत गुरुङलाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनी दायर मुद्दामा पक्राउ गर्न म्याद तामेल गरेको छ ।

Advertisement

विश्वध्वज खड्काले दायर गरेको जाहेरीसहितको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको हो। उक्त आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर गरे । २०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया