नुवाकोटका बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु, बट्टार तनावग्रस्त
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्य भएको छ ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ६ गोस्र्याङका ५ वर्षिय युनिक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुलीबाट काठमाण्डौ जानका लागेको बा ४ ख ७५०४ केरुङ डिलक्स बसले बालकलाई ठक्कर दिदाँ बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनापछि मृतकका आफन्त तथा बट्टारका स्थानियबासीले वसका चालक विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेक राउद तामाङलाई कुटपिट गरि सक्त्त घाईते बनाएका छन । सक्त्त घाईते भएका चालक तामाङको उपचार भइरहेको छ । घटना भएको करिव १० मिनेटपछि मात्र प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनापछि दोषी चालकलाई कारवाहीको माग गर्दै प्रर्दशन गरिरहेका छन । प्रर्दशनको क्रममा अहिले मृतकका आफन्त र प्रहरीबिच झडप भइरहेको छ । झडपले बट्टार बजार तनावग्रस्त बनेको छ । प्रदृशनलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रर्दशनलाई नित्रयन्त्रणमा लिन अहिले घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । बट्टार बजार अहिले पनि तनावग्रस्त बनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया