कांग्रेसको चियापानमा ओइरिए नेकपा नेता

विदुर खबर २०७६ असोज २६ गते २१:०२

काठमाण्डौ ।  नेपाली कांग्रेसले आत्मबल बलियो भएको सन्देश दिने गरी यस वर्षको चियापान समापन गरेको छ।

Advertisement

कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्तारुढ दलका नेताहरुले कांग्रेस अवस्था सुध्रिएको संकेत आफ्ना अभिव्यक्ति मार्फत दिएका थिए। प्रत्येक वर्ष कोजाग्रत पुर्णिमामा हुँदै आएको चियापानलाई निरन्तरता दिने क्रममा बोलेका सत्तारुढ दलका नेताले कांग्रेससँग सहकार्य जारी रहने बताए। करिब १५ मिनेट कार्यक्रम स्थलमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वहरुले मतभेद घटाउन सघाउ पुर्याउने बताए।उनले भने,‘कांग्रेससँग मतभेद भएपनि यस्तै चाडवाडले घटाइदिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग लोकतन्त्र प्राप्तिका लागि ४५ वर्ष देखि सहकार्य गरिरहेको स्मरण गरे। चियापानको कार्यक्रम नेपाली कांग्रेसबाटै भएको स्मरण गर्दै अर्का अध्यक्ष प्रचण्डले राष्ट्रिय संस्कृतिकै रुपमा स्थापित भएको बताए।

चियापानमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली सहित नेकपाका सचिवालयका सदस्यहरु पुगेका थिए।अध्यक्ष पुष्पकमल दाहाल,पूर्व प्रधानद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम,पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ,गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री इश्वर पोखरेल कांग्रेसको चियापानमा पुगेका थिए।नेकपाका नेताहरुको लर्को लागेको चियापानमा स्थायी समितिका अन्य सदस्य तथा मन्त्रीहरु पनि पुगेका थिए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,कानुनमन्त्री भानुभक्त ढकाल पनि चियापानमा सहभागी भए।नेताहरु सुवासचन्द्र नेम्वाङ,पम्फा भुसाल पनि कांग्रेसको चियापानमा पुगेका थिए। अन्य दलबाट समाजवादीका अध्यक्ष बाबुराम भट्टराई,राजपा अध्यक्षमण्डलका महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, मालेका अध्यक्ष सिपी मैनाली पनि चियापानमा सहभागी भए।

Advertisement

प्रतिक्रिया