एकै मारमा राँगो छिनाउने बाजी थापेका रामप्रसादले छिनाउन नसक्दा पौने तीन लाख तिरे
विदुर खबर
२०७६ असोज २६ गते १२:२१
एकै मा’रमा राँगो छि’नाउन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–२ नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गु’माएका छन्। दसैँको नवमीका दिन राखु भगवती कोत मन्दिरमा ब’ली च’ढाइने सरकारी राँगो एकै मा’रमा छि’नाउने दा’बी गर्दै खत्रीले २ लाख ८८ हजार बाजी थापेका थिए। तर, लक्ष्य चुकेपछि खत्रीले रकम गु’माउनु परेको खबर कान्तिपुर दैनिकमा म्याग्दीबाट घनश्याम खड्काले लेखेका छन्।
नवमीमा ब’ली दिइने राँगो मा’र हा’न्न का’लरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन्। खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए। उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे। उनले कबोलकै बराबरको रकम पनि उठ्न सक्थ्यो। कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया