जिउँदो छोरालाई मरेको भन्दै बाबुले किरिया गरेपछि…
विदुर खबर
२०८२ साउन १० गते १९:०७
नुवाकोट । काठमाडौँबाट मोरङको केराबारी पुगेका डम्बरबहादुर सार्कीले आफ्ना जेठा छोरा सुजनको मृत्यु भएको भन्दै काजकिरिया सुरु गरे ।

माइला छोरा सुमितले सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेखेपछि केहीबेरमै वीर अस्पतालबाट फोन आए तिम्रो दाजु त जिउँदै छन् ?
सुजनले विष सेवन गरेपछि उपचारका लागि वीर अस्पतालको आईसीयूमा छन् । अस्पतालमै भेटेर फर्किएका बाबु डम्बरले झुटो मृत्युको बहाना बनाएर घरमा किरिया सुरु गरे । घटनाबारे खबर पाएपछि स्थानीय प्रहरी र जनप्रतिनिधिले केरकार गर्दा डम्बरको झुट खुल्यो ।
उपचार खर्च नभएकाले यस्तो कदम चालेको डम्बरले बताए पनि पछि उनी फरार भएका छन् । स्थानीयवासीले चन्दा उठाएर सुजनको उपचारका लागि सहयोग गरेका छन् । सुजनकी बहिनी र आमा काठमाडौं पुगेका छन्, तर बाबु डम्बर सम्पर्कविहीन छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया