छ माया छपक्कै’ले २ दिनमै कमायो भण्डै चार करोड
विदुर खबर
२०७६ असोज २६ गते ९:२१
नुवाकोट । प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ ले आक्रामक व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।
अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको बताएका छन् । उनले शनिवारको व्यापार रेकर्ड तोड रहेको जनाएका छन् । रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको बताएका उनले दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको बताए । जसमा उनि आफै सदस्य रहेको एफडि कम्पनीको रिपोर्टमा काठमाडौँ उपत्यका बाहिर ९० लाख देखिएको बताए ।
गिरीले दिएको रिपोर्टलाइ मान्ने हो भने अहिलेसम्मकै ठुलो दुइ दिने व्यापार हो । यद्यपि खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन ।राजनैतिक विषयलाई उठान गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया