चिनियाँ राष्ट्रपति आज साढे चार बजे आइपुग्‍ने

विदुर खबर २०७६ असोज २५ गते ९:१८

चिनियाँ राष्ट्रपति सी चीनफिङ दुई दिने राजकीय भ्रमणको शिलसिलामा आज काठमाडौं आइपुग्दै छन्। चिनियाँ राष्ट्रपतिले गर्न लागेको यो २३ वर्षपछिको नेपाल भ्रमण हो।

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे चार बजे सी काठमाडौं आइपुग्ने छन्। शुक्रबार भारतको चेन्‍नई पुगेका सी त्यहीबाट काठमाडौं आउन लागेका हुन्। एक सयभन्दा बढी प्रतिनिधि मन्डलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने छन्।

विमास्थलमै पुगेर उनलाई स्वागत गरिने जनाइएको छ। आज उनले साढे ६ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने छन्। त्यसपछि उनी भण्डारीले उनको सम्मानमा दिने रात्रि भोजमा सहभागी हुने छन्।

Advertisement

यस्तै, आइतबार बिहान साढे दश बजे नेपाल–चीन उच्च स्तरिय प्रतिनिधि मण्डलको बैठकमा सहभागी हुने छन्। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नेछन्। बैठक सकिएपछि चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा आधा दर्जनभन्दा बढी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

केरुङ-काठामडौं रेलमार्गका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), नेपाल–चीन सुपर्दगी सन्धी, काठमाडौंको टोखाबाट नुवाकोटको छहरे निस्कने सुरुङ मार्ग, रसुवागढी-काठमाडौं सडक, किमाथाङ्का-हिले सडक, दिपायल-दक्षिण चीन जोड्ने सडक, टोखा-बिदुर-नुवाकोट सडक, गल्छी-रसुवागढी-केरुङ विद्युत प्रसारण लाईन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, फुकाट-कर्णाली हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, अद्योगिक पार्क लगायतका विषयमा हस्ताक्षर हुने परराष्ट्र स्रोतले बताएको छ।

Advertisement

आइतबार सी १२ बजेतिर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया