नुवाकोटमा बढी भाडा लिने ३ सवारीसाधन कारवाहीमा

विदुर खबर २०७६ असोज २३ गते २०:०५

नुवाकोट । नुवाकाटेमा बढी भाडा  लिने ३ सवारी साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ ।
बढी भाडा लिने तीन सवारीसाधनलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख विकल भट्टराईले जानकारी दिए । बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिन गरेको गुनासो बढेपछि चेँकजाँचको क्रममा बढी भाडा लिएको पाइएपछि कारवाही गरेको उनको भनाई छ । पक्राउ गरेका सवारी साधनहरुलाई तत्काल बढी लिइएको भाडा फिर्ता गरिएको छ ।

Advertisement

यात्रुलाई यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ । फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशैं मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडौ फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने गरेकोले जिल्लाकाृ विभिन्न स्थानमा चेकजाँमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया