नुवाकोटमा जथाभावि भाडा असुल्दै यातायात व्यवसायी

विदुर खबर २०७६ असोज २३ गते १२:४७

नुवाकोट । वडादशैको लागि टिकाटालो गर्न आफन्तको घर हिँडेकाहरुले नुवाकोटको विभिन्नरुटमा चल्ने बसहरुले जथाभावि भाडा असुलेको गुनासो गरेका छन ।

Advertisement

बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर नुवाकोटबाट आ आफ्ना कार्यस्थल जाने व्यक्तिहरुले जिल्लाको विभिन्न स्थानमा चल्ने वसहरुले मनलाग्दी भाडा असुलेको बताएका हुन । यात्रुहरुले त्रिशुली–काठमाण्डौको लागि समेत ५ सय रुपैयाँसम्म भाडा तिर्नु परेको बताएका हुन । ढुङ्गे,त्रिशुली,विदुर र बट्टार लगायतका स्थानमा व्यवसायीहरुले भाडाको विषयलाई लिएर यात्रुहरुसँग चर्काे बार्गेनिङ गरिरहेका छन ।

यता बढी भाडा लिने यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख विकल भट्टराई जानकारी दिए । उनले जिल्ला भित्रने र वाहिरिने यातायातका साधनहरुमा चेँकजाँच गरि बढि भाडा लिएकोबारे चेकजाँच गरिरहेको बताए । भट्टराईका अनुसारु जिल्लाका त्रिशुली,ढुङुगे, तारुका, गुर्जे ककनी लगायतको स्थानमा चेकजाँच गरिरहेको जनाकारी दिए । बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ ।

Advertisement

 

प्रतिक्रिया