‘वीर विक्रम’ को सिक्वेलमा वर्षाको प्रवेश
विदुर खबर
२०७४ चैत १ गते १२:५९

काठमाडौं । चलचित्र ‘वीर विक्रम’ को सिक्वेलमा नायिका वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् ।
गतवर्ष रिलज भएको ‘वीर विक्रम’ मा दयाहाङ राई, दिया पुन, अनुप विक्रम शाही र नाजिर हुसेनको मुख्य भूमिका थियो । दिया पुन यही चलचित्रमार्फत नेपाली रजतपटमा भित्रिएकी थिइन् ।
सिक्वेलमा पनि दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने दोहिरिनेछन् बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया