भेडाच्याङ्ग्राबाट मुस्ताङमा ४० करोड आम्दानी

विदुर खबर २०७६ असोज १८ गते ८:५८

नुवाकोट । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ ।

Advertisement

मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताउनुभयो । भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब रु ४० करोड भित्रिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीले भेडा च्याङ्ग्राको तथ्याङ्क राख्ने गरेको छ ।

पोखरा, काठमाडाैं, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा भेडाच्याङ्ग्रा निकासी भएको उहाँले बताउनुभयो । पशु सेवा विभागले निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पाँच जना पशु चिकित्सकलाई खटाएको थियो ।

Advertisement

समाचारपत्रबाट

प्रतिक्रिया