नेपाल सम्मिलित टी–२० क्रिकेट सिरिजबाट आज सुरु हुदै

विदुर खबर २०७६ असोज १८ गते ७:१६

नुवाकोट । नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आज सुरु हुदैछ । नेपालले विश्वकप छनोटको तयारीमा रहेका चार राष्ट्रसंग सिरिज खेल्न लागेको हो ।

Advertisement

सिंगापुर त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टिम ओमान पुगेको हो । नेपालले ओमानमा शुक्रबार सिरिजको अन्तिम तयारी स्वरूप अभ्यास गरेको छ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ । युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।

Advertisement

प्रतिक्रिया