४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको सम्झौतापत्रमा हस्ताक्षर

विदुर खबर २०७४ चैत १ गते ८:२६

काठमाडौं । लमजुङमा बन्न लागेको ४० मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

उक्त सम्झौतापत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईँ र एनएमबी बैंकको अगुवाईमा प्रभु बैंक, मेगा बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक र कुमारी बैंकका प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।

उक्त आयोजनाको जम्मा प्रस्तावित लगानी ७ अर्बमध्ये बैंकहरुकातर्फबाट ७५ प्रतिशत र कम्पनीका तर्फबाट २५ प्रतिशत रहने गरी वित्तिय व्यवस्थापन गरिएको छ ।

Advertisement

संस्थापक प्रवद्र्धकको रुपमा ङादी ग्रुप पावर लिमिटेड लगायतका कम्पनीको लगानी रहनेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता पीपीए नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया