शेयर बजार १० अंकले बढ्यो
विदुर खबर
२०७६ असोज १३ गते १६:१३

नुवाकोट । निरन्तर दबाबको सामना गरेको नेप्से सूचकले पाँचौं दिनमा आएर लय समातेको छ । यद्यपी बढ्दो बजारमा अघिल्लो दिनको तुलनामा ७ करोड बढीले कारोबार घट्नुले बजार वास्तविक वृद्धि नदेखिएको जानकारहरु बताउँछन्।
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। गत मंगलबारदेखि लगातार घटेको शेयर बजार सोमबार १०.४२ अंकले बढेर ११३५.५६ बिन्दुमा पुगेको हो। कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य बढ्दा सूचक उच्च अंकले बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन। सोमबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झनै घटेको छ। अघिल्लो दिन आइतबार २४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ७ करोड २६ लाख रुपैयाँले घटेर १६ करोड ८८ लाख रुपैयाँमा सीमित बनेको हो।
सम्बन्धित
प्रतिक्रिया