प्रधानमन्त्रि ओलीले गरे अर्थमन्त्रि खतिवडालाई आउट गर्ने संकेत

विदुर खबर २०७६ असोज १३ गते १६:०१

नुवाकोट । चौतर्फी दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री फेर्ने निर्णयमा पुगेका छन।

Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाको गतिविधिका कारण अर्थतन्त्र मात्रै नभई पार्टीकै आलोचना बढेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्री ओली अर्थमन्त्री फेर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई उनको कार्यकाल थप नगरी विदाई दिने भएका छन। ‘दुई बर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका अर्थमन्त्री खतिवडाको कार्यकाल यहि फागुन २१ गते सकिदैछ, उनलाई थप ६ महिना अर्थमन्त्री बनाउने कानुनी बाटो खुला हुँदा हुँदै पनि नेकपाका अन्य नेताको दबाबका कारण उनलाई बिदाई दिने निर्णयमा प्रधानमन्त्री पुगेका छन’ स्रोतले भन्यो।

Advertisement

प्रतिक्रिया