दसैंको मुखमा महँगो भएकोले नुवाकोटेको भान्साबाट प्याज आउट

विदुर खबर २०७६ असोज १२ गते २०:४८

नुवाकोट । अहिले हरेक नेपालीको भान्सामा प्याज अनिवार्यजस्तै बनिसकेको छ। अघिकांश परिकारमा प्याजको प्रयोग गरिन्छ। तर दसैंतिहारलगायत चाँडवाडको संघारमा भने नेपालीको भान्सामा ‘प्याज आउट’ हुने भएको छ।

Advertisement

नेपालको सहरी क्षेत्रको शतप्रतिशत माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाएपछि प्याज अभाव हुने देखिएको हो। भारतले आइतबारबाट कुनै पनि मुलुकमा प्याज निर्यात नगर्ने जनाएको छ।

भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर पार्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।  ‘प्याज नेपाली बजारमा शतप्रतिशत भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, माग अनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिन्छ,’ पौडेलले भने।  प्याज उत्पादन हुने मुख्य क्षेत्र महाराष्ट्र र कर्नाटक राज्यमा आएको बाढीका कारण भारतमा प्याज अभाव भएपछि सरकारले निर्यातमा बन्देज लगाएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यात नीति संशोधन गर्दै निर्यातमा बन्देज लगाएको जनाएको छ।

Advertisement

प्रतिक्रिया