छ माया छपक्कै’ को प्यारोडी गीत ‘बिच्च बिच्चमा’ (भिडियो)
विदुर खबर
२०७६ असोज १२ गते १९:२९


गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा खिचिएको गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । यस वर्षको तीजमा सर्वाधिक घन्किएको गीतमध्येको एक हो, ‘बिच्च बिच्चमा’ ।
सम्बन्धित
प्रतिक्रिया