एभरेष्ट बैंक बट्टार शाखाद्धारा १० विद्यार्थी सम्मानित

विदुर खबर २०७६ असोज १२ गते १९:०९

नुवाकोट । एभरेष्ट बैंक बट्टार शाखाले गतवर्षको एसईई परिक्षामा उत्कृष्ट भएका नुवाकोट र रसुवाका १० विद्यार्थीलाई सम्मान गरेको छ ।

Advertisement

आईतबार सामुदायिक बिकास केन्द्र नेपालको ११ औं बार्षिक साधारणसभाको अवसरमा बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई जिल्लाका उत्कृष्ट नतिजा हात पार्ने १० जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा नुवाकोटका ७ जना र रसुवाका ३ जना विद्यार्थी रहेका छन ।

बैकले आगामी दिनमा सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा एसईई परिक्षामा उत्कृष्ट नतिजा हात पार्ने विद्यार्थीलाई सम्मान गर्नै एभरेष्ट बैंक बट्टार शाखाका म्यानेजर उज्वल प्रजापतिले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया