‘फ्रान्सेली स्पाइडरमेन’ अनुमति बिना जर्मनीको स्काइपर टावर चढेपछि पक्राउ

विदुर खबर २०७६ असोज १२ गते ९:४१

रासस/एएफपी ।  गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोवर्ट जर्मनीको फ्र्याङ्कफर्ट सहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन्।

Advertisement

सन्ताउन्न वर्षीय रोवर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १ सय ५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए। उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेका यात्रुले चकित मान्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए।

प्रतिक्रिया