ईनारपाटीमा डेंगुबारे जनचेनतामुलक कार्यक्रमको आयोजना

विदुर खबर २०७६ असोज ११ गते २०:४५

नुवाकोट । नुवाकोटको विदुर आसपासका क्षेत्र डेंग रोगको उच्च जोखिममा देखिएपछि नगरपालिकाभित्र रोगबारे जानकारी दिन जनचेतनामुलक कार्यक्रमलाई तिव्र पारिएको छ ।

Advertisement

सो क्रममा शनिबार विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीमा पनि स्वास्थ्य कार्यालय नुवाकोटको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयोजन तथा वडा कार्यालयको समन्व्यमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । वडा कार्यालयदेखी ईनरपाटी एरिया हुँदै “सबै उठौं सबै जुटौं डेंगु बिरुद्दको महाअभियानमा सहभागि होऊ” भन्ने नाराका साथ डेंगुको सम्भाबित बासस्थान तथा डेंगुको लार्भा नष्ट गर्ने तथा जनचेतनामुलक सम्पन्न भएको छ ।

¥यार्लीपछि पुन वडामा गरिएको कोणसभामा डेंगुबाट बच्ने उपाय, डेंगु लागेको मानिसलाई सुरक्षित राख्ने सम्बन्धमा प्रशिक्षण प्रदान गरीएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बलराम श्रेष्ठ,स्वास्थ्य कार्यालयका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सस्थानिय जनप्रतिनिधिहरुको उपस्थीति रहको थियो ।

Advertisement

प्रतिक्रिया