सिंगापुरविरुद्ध नेपालको शानदार जित
नुवाकोट । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् । टी–ट्वान्टी क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए ।उनले ९ छक्का र ७ चौकाको मदतले सो रन बनाएका थिए । उनलाई आरिफले ३९ रनमा अविजित रहदै साथ दिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए । नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एक खेलबाट अंक विहिन सिंगापुर तालिकाको पुछारमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया