प्रदेश ३ मा पशुपन्छी तथा मत्स्य बिकास कार्यक्रमको लागि प्रस्ताब आह्वान

विदुर खबर २०७६ असोज ९ गते १२:१८

नुवाकोट ।  ‘पशुपन्छी तथा मत्स्य बिकास’ कार्यक्रममा सहभागी हुन तिन नम्बर प्रदेशको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयले आह्वान गरेको छ ।

Advertisement

आर्थिक बर्ष २०७६/०७७ मा भएको स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषक समूह, सहकारी, निजि क्षेत्रलाई कार्यक्रमको लागि प्रस्ताब पेश गर्न आग्रह गरेको छ । बाँदर ब्यबस्थापन, पाडपाडी पालन, सामुहिक गाइ पालन, पशु आहार उधोग स्थापना, रेम्बो ट्राउट माछा विकास तथा बिस्तार कार्यक्रम, बंगुर पालन, माछा विकास तथा बिस्तार लगायत ११ वटा कार्यक्रम रहेको छ ।

प्रथम पटक २०७६/०६/०७ गते प्रकाशित भएको मितिले ३० दिन (कार्तिक ६ गते) भित्र कार्यालय समयमा आबश्यक कागजातहरु संलग्न गरी कार्यक्रमको प्रस्ताब दर्ता गर्न सकिने छ ।

Advertisement

पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयको वेवसाइट https://dolfd.p3.gov.np/ne/ र मन्त्रालयको वेवसाइट http://molmac.p3.gov.np/ne/ बाट सम्बधित तोकिएको कार्यविधि बारे पूर्ण जानकारी लिन सकिने बताएको छ ।

प्रतिक्रिया