आजबाट नागढुंगा-नौबिसे सडकमा ‘ओभरटेक’ गर्न नपाइने
नुवाकोट । दसैं, तिहारलगायत चाडपर्वको बेला हुने सवारीसाधनको चापलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको छ। यस खण्डमा मंगरबारदेखि सवारीसाधनलाई ओभरटेक गर्न पाइनेछैन।
सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले जनपद प्रहरी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको समन्वयमा सो १५ किलोमिटर क्षेत्रलाई नो ओभरटेक जोन घोषणा गरेको हो। नागढुंगा–सिक्रेखोला–खत्रीपौवा–खानीखोला–नौबिसे सडकखण्डमा उकालो–ओरालो तथा साँघुरो र घुमाउरा मोड धेरै भएका कारण ओभरटेक गर्दा सडक दुर्घटनाको जोखिमसँगै जाम पनि बढ्ने भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
त्यसैगरी खानीखोलादेखी मौवाखोलासम्म जाम हुन नदिन दिउँसोको समयमा मालबाहक सवारीको प्रवेशमा रोक लगाइएको छ। क्षमताभन्दा बढी भार बोकेका ठूला मालबाहक सवारी साधनहरुलाई चितवनबाटै प्रवेश निषेध गरिनेछ। ठूला ढुवानीका साधनलाई राजधानी प्रवेशमा रोक लगाइएपछि कुरिनटार, चुम्लिङटार, फिस्लिङ, मझिमटार, जोगिमारा, विशालटार, मौवाखोलालगायतका क्षेत्रमै रोकिएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङले सुरक्षा निकाय, धुनीबेसी नगरपालिकाका जनप्रतिनिधि, चितवन सडक डिभिजन कार्यालय र गल्छी गाउँपालिकाका प्रतिनिधिहरुसँगको छलफलपछि यस्तो निर्णय गरेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया