राष्ट्र बैंकद्धारा एक सय दरका नयाँ नोट सार्वजनिक, के -के छन् विशेषता ?

विदुर खबर २०७६ असोज ७ गते १३:४०

नुवाकोट ।नेपाल राष्ट्र बैंकले एक सय दरका नयाँ नोट प्रचलनमा ल्याएको छ।

Advertisement

राष्ट्र बैंकले हाल चल्तिमा रहेको एक सय दरका नोटमा केहि विशेषताहरु परिवर्तन गरी बजारमा ल्याएको हो। दशैंको अवसर पारेर राष्ट्र बैंकले असोज ७ गतेदेखि नयाँ नोट चलनचल्तिमा ल्याएको हो।  बैंकले दृष्टिविहिनहरुको लागि समेत चिन्न सजिलो हुने गरी कालो थोप्लो सहितको नयाँ नोट चल्तिमा लएको हो। बैंकले साविककै आकार, प्रकार तथा रंगमा संकेत नम्बर ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागको पृष्टभुमिमा नेपालको नक्सा रहेको, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध लेखिएको छ। यस्तै  दृष्टिविहिनहरुको सहजताको लागि अशोक स्तम्भसंगै कालो थोप्लो रहेको सयको नोट प्रचलनमा ल्याएको हो । नोटको अर्कोपट्टीको मध्य भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने नोटको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१९ ए डि लेखिएको छ। त्यस्तै नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा रुपिज वान हन्ड्रेड लेखिएको भने मध्य भागमा एक सिङ्गे गैंडाको माउ र बच्चाको चित्र रहेको छ ।

Advertisement

प्रतिक्रिया