१३ अर्ब ५० करोडमा बन्ने भयो नागढुङगा-नौबिसे सुरुङ, जापानी कम्पनी हाज्मा आन्दोले पायो ठेक्का

विदुर खबर २०७६ असोज ६ गते १९:५७

नुवाकोट । नागढुंगा-नौबिसे सुरुङ मार्गको ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेशसनले पाएको छ ।

Advertisement

१३ अर्ब ५० करोड लागतका सुरुङ मार्ग आगामाी ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सर्तसहित जापानी कम्पनीसँग ठेक्का सम्झौता गरिएको सडक विभागको अन्तराष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । कम्पनीले आगामी मंसिरबाट निर्माण कार्य थाल्नेछ । त्यतिञ्जेल भने निर्माण उपकरण आयात र क्याम्पहरुको निर्माण गर्नेछ । नेपालले ६ अर्ब रुपैंयाँ मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म साढे ४ अर्ब वितरण भैसकेको पनि प्रमुख थापाले जानकारी दिए । धादिङ तर्फको केहि मुआब्जा पनि वितरण आरम्भ भैसकेको थापाले जानकारी दिए ।

‘आगामी ४२ महिनापछि नागढुंगाबाट नौबिसेसम्म सुरुङबाटै जान पाइन्छ, हामी परै शक्ति खर्चिएर काम गर्नेछौं’, थापाले भने । नागढुंगा–नौबिसे सुरुङ मार्ग बनाउन ५ चिनियाँ र एक जापानी कम्पनीले आवेदन दिएका थिए । जाइकाको सहयोगमा निर्माण हुने भएकाले जापान सरकारले आफ्नै देशको कम्पनीलाई जिम्मा दिन दबाव दिँदै आएको थियो । यस्तो हुनेछ सुरुङ मार्ग नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५र३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ । सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहण हुनेछ ।

Advertisement

सरकारले मुआब्जाको रकम आफ्नै श्रोतबाट उपलब्ध गराउनेछ भने सुरुङ निर्माणका लागि जाइकाको सहुलियत ऋण उपयोग गरिनेछ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने तयारी छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि सहुलियत ऋण दिएको छ ।

प्रतिक्रिया