छक्का पन्जा २ आज राति युट्युबबाट रिलिज गरिँदै

विदुर खबर २०७६ असोज ६ गते १९:४९

नुवाकोट । निर्माता तथा कलाकार दिपकराज गिरीले छक्का पञ्जा २ सोमबार राति युट्युबबाट रिलिज गर्ने जानकारी दिएका छन् ।

Advertisement

उनकाअनुसार सोमबार राति साढे ८ बजे युट्युबबाट छक्का पञ्जा २ रिलिज गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा दीपकराज गिरीले ‘छक्का पन्जा २ आज राति ८.३० बजे युटूबमा  छक्का पन्जा ३ पनि चाँढै, ढिलो रिलिजको कारण पाएको माया र गाली दूबैको लागि धन्यबाद’ लेखेका छन् । सर्वाधिक हिट चलचित्र ‘छक्का पन्जा २’ दर्शकले युट्युबमा पर्खेर बसेका छन् ।

प्रतिक्रिया