आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटायो

विदुर खबर २०७६ असोज ४ गते ९:४९

नुवाकोट । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ।

Advertisement

आयल नियमका अनुसार मिति २०७६.०६.०३ राती १२ बाट लागू हुनेगरी हवाई ईन्धर (वाह्य) मा यु.एस.डलर ५० प्रति किलो लिटरमा र एल.पी.जी. ग्याँसको रु २५ प्रति सिलिण्डर मूल्य घटाई समायोजन गरेको छ ।

जस अनुसार अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ पर्छ भने हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ। पाइपलाइनमार्फत डिजेल आउन थालेपछि निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो भने हवाई इन्धन र ग्यासको मूल्य यथावतै थियो ।

Advertisement

प्रतिक्रिया