नुवाकोटमा दशैको मुखमा आकाशियो तरकारीको भाउ

विदुर खबर २०७६ असोज ३ गते १८:१३

नुवाकोट । दसैँको मुखमा हरियो तरकारीको मूल्य दोब्बर बढीले बढेपछि उपभोक्ता मारमा परेका छन् ।

Advertisement

दसैँ सुरु हुन अब एक सातामात्र बाँकी छ । तरकारी बजारमा भने एक साताको अन्तरालमै दोब्बर बढीले वृद्धि भएपछि उपभोक्ताको भान्सा महँगिएको हो ।  बजारमा हरियो तरकारीको खुद्रा मूल्य गत साताको तुलनामा निकै आकासिएको हो । भान्सामा बढी प्रयोग हुने हरियो खुर्सानी, धनियाँ र प्याज अचाक्ली बढेको छ । गत साता क्रमशः प्रतिकेजी ७५, २४५ र ५५ रुपैयाँ रहेको हरियो खुर्सानी, धनियाँ र प्याज क्रमशः ११५, २८५ र १९५ पुगेको छ ।

त्यस्तै गत साता प्रतिकेजी ५५ रुपैयाँ रहेको हरियो फर्सी ४५ रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ । काउलीको मूल्य गत साता प्रतिकेजी १०५ रुपैयाँ थियो । यो साता १३० पुगेको छ ।यसैगरी गत साता ५५ रुपैयाँ प्रतिकेजी रहेको तिते करेला १०० रुपैयाँ पुगेको छ। भान्सामा अनिवार्यजस्तै मानिएको आलुको मूल्यमा पनि निकै बढेको छ । गत साता प्रतिकेजी ५८ रुपैयाँ रहेको आलुको मूल्य आज ७० रुपैयाँ पुगेको छ । त्यस्तै ४५ रुपैयाँ रहेको लौका ८० रुपैयाँ पुगेको छ । परवल पनि ६५ रुपैयाँबाट बढेर ८० रुपैया पुगेको छ । गत साता प्रतिकेजी ५५ रुपैया रहेको घिरौला ८० रुपयाँ र ७५ रुपैयाँ रहेको भिन्डी १०० पुगेको छ ।

Advertisement

यो साता भेडे खुर्सानी प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । गत साता भेडे खुर्सानी ६५ रुपैयाँमा पाइन्थ्यो । त्यस्तै ६५ रुपैयाँ प्रतिकेजी रहेको भान्टा ९० रुपैयाँ पुगेको छ । यसैगरी गत साता ७३ रुपैयाँ प्रतिकेजी रहेको सुकेको प्याज १२० रुपैयाँ पुगेको छ ।

 

Advertisement

प्रतिक्रिया