लगानीको प्रचुर सम्भावना देखेर रूपन्देहीमा थुप्रिए बैंक
बुटवल, २९ फागुन- रूपन्देहीमा बैंकहरूले शाखा विस्तार आक्रामकरूपमा अगाडि बढाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिवधि तीव्र हुँदै जाँदा रुपन्देहीमा बैंकहरूको शाखा विस्तार तीव्र भएको हो । त्यसो त मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै चहलपहल बढाएपछि त्यसको असर बैंकहरूमा पनि परेको कतिपय जानकार बताउँछन् ।
यहाँ बैंकहरूले शाखा विस्तार गर्न होडबाजीजस्तै गरेका छन् । जनतालाई घर आंगनमा सेवा प्रदान गर्ने भन्दै वाणिज्य बैंकदेखि लघुवित्त बैंकहरू शाखा विस्तारमा जुटेका हुन् । रूपन्देहीमा १६ स्थानीय तह छन् ।
नेपाल राष्ट्र बैंक, भैरहवाका अनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म जिल्लामा २६७ वटा बैंकका शाखा सञ्जाल रहेकोमा हाल यो संख्यामा भारी वृद्धि भएको छ । राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलका अनुसार प्रदेशको राजधानी तोकिएसँगै रूपन्देहीमा लगानीका सम्भावना देखेर बैंकहरूले आफूलाई यहाँ केन्द्रित गर्न थालेको छन् । पौडेलले भन्छन्, ‘पछिल्लो आठ महिनामा ४० देखि ५० वटासम्म नयाँ शाखा थपिएका छन् ।’
उनी बैंकहरूको तीव्र शाखा सञ्जाल विस्तारले रूपन्देही लगानीको ‘हब’ बन्दै गएको बताउँछन् । रूपन्देहीमा तीव्र सहरीकरण, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना, प्रदेशको राजधानी, पर्यटन, उद्योग र कृषिलगायतका सम्भावना देखेर बैंकहरू रूपन्देहीकेन्द्रित भएको देखिन्छ ।
जिल्लाका बैंकहरूमा हालसम्म ११३ अर्ब लगानी र ८९ अर्ब निपेक्ष संकलन भएको राष्ट्रबैंकले जनाएको छ । रूपन्देहीमै प्रधान कार्यालय रहेका बैंकहरूले ग्रामीण क्षेत्रसम्म आफ्ना शाखाहरू खोलेर बैंकिङ सेवा प्रदान गरिरहेका छन् । राष्ट्रियस्तरका वाणिज्य बैंकका शाखाहरू मुख्य सडक आसपासमा बढी केन्द्रित देखिन्छन् ।
बैंकको शाखा सञ्जाल बढ्दै जाँदा जिल्लाका बासिन्दालाई बैंकिङ कारोबारका लागि शहरमा पुग्नुपर्ने बाध्यताको लगभग अन्त्य भएको छ ।
नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनका उपाध्यक्षसमेत रहेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले रूपन्देहीमा लगानीका अवसरहरू धेरै देखेर बैंकहरूले शाखा विस्तारलाई प्राथामिकता दिएको बताए ।
‘दुई/चार वर्षअगाडि बैंकिङ सेवा लिन एक दिन हिँडेर जानुपर्ने अवस्था थियो,’ उनले भने, ‘जनताले अब शिक्षा, स्वास्थ्यसँगै बैंकिङ सेवा पनि घरदैलोमा चाहेका छन । सेवाग्राहीको सोही चाहानालाई मध्यनजर गर्दै बैंकहरू पनि जनताको घरदैलोमा पुगेका हुन्,’ उनले थपे, ‘हामीहरू शहरलाई केन्द्रित होइन । गाउँ–गाउँ बैकिङ सेवाको पहुँच नभएका जनताहरूलाई लक्षित गरेर शाखा विस्तार गरेका छौं ।’ नेपाल राष्ट्र बैंकका अनुसार राजधानी काठमाडौंपछि सबैभन्दा धेरै बैंकका शाखा सञ्जाल रूपन्देहीमा छन् ।
जिल्लामा निर्माण हुन थालेका विकासका पूर्वाधारहरूले बैंकर्सहरू उत्साहित बनेका छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सिक्सलेन सडक, बुटवलमा निर्माण भैरहेको अन्तर्राष्ट्रिय सभागृह, पर्यटनको प्रमुख गन्तव्य लुम्बिनी, बुद्ध सर्किट, प्रस्तावित मोतिपुर औद्योगिक करिडोर र भैरहवाको विशेष आर्थिक क्षेत्र सेज देखेर बैंकर्सहरू आकर्षित छन् ।
पूर्णिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरूङले नयाँ क्षेत्रहरूमा केन्द्रित हुन आवश्यक देखेर आफूहरूले सेवा ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेको बताए । राष्ट्रबैंकले बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्न निर्देशनसमेत दिएको छ ।
मणिग्राम चोकमा १५ वटा बैंकका शाखा
तिलोत्तमा–५ मणिग्राममा बैंकहरू थुप्रिएका छन् । अचेल मणिग्राम चोकलाई ‘बैंक चोक’ भन्न थालिएको छ । चोकका अधिकांश घरमा बैंकका शाखा खुलेका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे तिलोत्तमा नगरमा रहेका बैंकहरूसँग सहकार्य गरेर नगरको विकास गर्न आफूहरू तयार रहेको बताउँछन् ।
‘तिलोत्तमा नगरपालिकामा एकपछि अर्को बैंकका शाखाहरू थपिँदै गएका छन् । ती सबै बैंकहरूसँग सहकार्य गरेर नगरको विकासमा अगाडि बढ्ने उनले बताए ।lokantar
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया