हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’ आजबाट

विदुर खबर २०७६ असोज २ गते १८:३९

नुवाकोट । हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु आज (बिहीबार) बाट फरक शृङ्खलामा देखिने भएका छन् ।

Advertisement

नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’मा देखिने भएका हुन् । जेपीटी (जिग्री पाँडे टीम) ले नयाँ प्रस्तुति ‘सक्किगोनी’ ल्याउन लागेका हुन् । कुमार कट्टेल जिग्रीका अनुसार ‘सक्किगोनी’मा भद्रगोलमा देखिने कलाकार र विषयहरु पनि उस्तै छनोट हुनेछ । जिग्रीले र पाडेले भने, “हामीले सक्किगोनि मार्फत् केही नयाँ ल्याउन लागेका होइनौं । नाम मात्रै फरक हो ।”

प्रतिक्रिया