विप्लव माओवादीका धादिङ जिल्ला सेक्रेटरी पक्राउ
नुवाकोट ।प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एनसेल टावरहरु विस्फोटन गराएको र सडकहरुमा बम विस्फोटन गराई मानिसलाई आंकित बनाएको आरोप लागेका सिद्धलेक गाउँपालिका–५, निवासी गुरुङलाई प्रदेश–३–०२, ००७ प ०९२७ नम्बरको मोटरसाइकलमा धादिङबाट काठमाण्डौ जाने क्रममा धुनीबेसी नगरपालिका–९ पिपलमोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजकुमार बैदवारले जानकारी दिनुभयो । गुरुङको साथबाट नगद १ लाख २१ हजार नगद र ५ थान मोबाइल समेत बरामद गरेको छ ।
नेकपा जिल्ला सेक्रेटरी गुरुङलाई ०७६ असार १० गते कालु पाण्डे मार्गमा विस्फोटक पदार्थ राखेको, ०७६ साउन १५ गते सिद्धलेक लेखाडाडामा रहेको एनसेल टावरमा बम विस्फोटन गराई ध्वस्त पारेको, साउन १६ गते थाक्रे गाउँपालिका–३ मा राखिएको एनसेलको टावरमा विस्फोटन गराएको, ०७५ फागुन ११ गते थाक्रे गाउँपालिकाको मान्खुमा रहेको एनसेलको टावर विस्फोटन गराई ध्वस्त पारेको, र फागुन २५ गते कालु पाण्डे मार्गमा बम राखी आतंकित पारेको आरोप लागेकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया