झरीले त्रिभुवन विमानस्थलमा उडान–अवतरण ठप्प

विदुर खबर २०७६ भदौ ३१ गते १६:३७

नुवाकोट । मंगलबार बिहानैदेखि अविरल परेको वर्षाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरणमा पटक–पटक समस्या आएको छ ।

Advertisement

मंगलबार बिहान केहीबेर बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प रहेको छ । जहाज उडान तथा अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अहिले यहाँको भिजिबिलिटी त २५ सय मिटर नै छ, तर ठूलो झरीले विमानहरु बस्न सकेका छैनन्, मौसममा सुधार नभएसम्म अवतरण हुँदैन’, क्षेत्रीले भने ।

विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक आकाशमा फन्को लगाइरहेका छन् ।

Advertisement

प्रतिक्रिया