वीपी विचार राष्ट्रिय समाज, जापान गठन

विदुर खबर २०७६ भदौ ३१ गते १५:५०

नुवाकोट । वीपी विचार राष्ट्रीय समाज नेपालको विधान वमोजिम समाजको संगठनलाई (नेपाली डायस्पोरा) अन्तराष्ट्रीय क्षेत्रमा विस्तार गर्दै जाने व्यवस्था भए वमोजिम सोमवार जापानमा एक समारोह बीच वी पी विचार राष्ट्रीय समाज, जापान गठन गरिएको छ ।

Advertisement

राजनेता वी पी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा जापानको राजधानी टोकियोमा भेला भएको प्रवुद्ध नेपालीहरूको भेलाले प्रा. डा. सुदिप अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय वी पी विचार राष्ट्रीय समाज, जापान गठन गरिएको हो । अन्तराष्ट्रीय स्तरमा समाजको संगठन विस्तार गर्दै जाने उद्देश्यले वी पी विचार राष्ट्रीय समाज, नेपालको तर्फबाट एशिया ( प्यासिफिक क्षेत्रमा लागि संयोजक सुवाष लोहनीको संयोजनमा गठित समाजमा सह—सचिवमा अन्जना राजबंसी (टोक्यो) र कोषाध्यक्षमा धार्मिका घिमिरे (साइतामा) चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा पेम्बा लामा (टोक्यो), बिष्णु रेग्मी (निगाता), साधना घिमिरे (नागोया), हरिप्रसाद कडेल (ओसाका), अनन्त रिजाल (हिरोसिमा),धु्रवकुमार थापा (योकोहामा), शिव पौडेल (टोक्यो), ॠषव पौडेल (नागोया), अमित गौतम (टोक्यो), राजु पनेरु (तोचिगी), कुशल धिताल (नागोया), डिका कार्की (फुकुओका), नबिनसागर सापकोटा,ॠषिराम घिमिरे (साइतामा), सुनिता कडेल (टोक्यो), राजन भारी (साइतामा), योगेश सापकोटा (टोक्यो), दिलिपबाबु शिवा (टोक्यो), फणिन्द्र शर्मा सुबेदी (टोक्यो), बिराट बाबु (आकिता), उजिर कार्की (गुम्मा) घनश्याम शर्मा (टोक्यो), बिमलाकुमारी सावद (ओकिनवा), गिता लम्साल भट्ट (टोक्यो), संजय पराजुली (टोक्यो), प्रबिन मैनाली (तोचिगी), सल्जिता श्रेष्ठ (चिबा), तिलक बिक (टोक्यो), नारन दाहाल (तोचिगी), बिनोद स्यान्तन (टोक्यो), गोमा कुमारी दनै (गुम्मा), राजेन्द्र खडका (योकोहामा), प्रतिक्षा पुरी (टोक्यो), प्रकाश योगी (साइतामा), देव मगर (टोक्यो), राजेन्द्र पुरी (तोचिगी), बिमल अधिकारी (नागोया), कुमार पनेरु (तोचिगी) रहनु भएको छ ।

समाज गठन एवम वीपी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाली जनसंपर्क समिती जापानका पूर्व संयोजक भूपीगोविन्द श्रेष्ठ, नेपाली जनसंपर्क समिती जापानका पूर्व अध्यक्ष डिपि कडेल, एन आर एन जापानका आइसिसी सदस्य कपिल देव थापा, जनसंपर्क समिति जापानका सल्लाहकार डा सुदिप अधिकारी, जनसंपर्क समिति जापानका निबर्तमान उपाध्याक्ष पुष्करजंग थापा, जनसंपर्क समिति जापानका महामन्त्री रामजङ कार्की लगायत कांग्रेसका नेता तथा शुभेक्छुकहरुले शुभकामना मन्तव्य व्यक्त वीपीको विचार चिन्तनलाई छोडेर काँग्रेस हिडेकै कारण आज काँग्रेस कमजोर वनेको छ, काँह्रेसले आफ्ना सथापनाकालिन सिद्धान्त वीपीको विचार र चिन्तन वमोजिम अगाडी वढाउन विगतमा भएका गल्ती र कमजोरीबाट पाठ सिकेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

Advertisement

कार्यक्रमको अन्तमा समाजका लागि एशिया प्यासिफिक संयोजक सुभाषप्रसाद लोहनीले भब्य एवम सब्य रुपमा बीपी बिचार राष्ट्रिय समाज जापानको गठन गर्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद ब्यक्त गर्दै एशिया प्याशिफिक क्षेत्रका अन्य मूलुकहरू पनि क्रमश समाजको संगठन विस्तार गर्दै जाने कार्यक्रम रहेको कुरा वताउनु भयो ।

प्रतिक्रिया