सत्ता संचालनको स्वर्णिम अवसर गुमाउँदै सरकार

विदुर खबर २०७६ भदौ ३१ गते ७:३३
रमेशकुमार महत

                         रमेशकुमार महत

मुलुक अहिले अराजकतातर्फ अगाडि वढिरहेको छ । मुलुक संचालनका शक्तिहरु राज्य र नागरिकहरु प्रति गैरजÞिम्मेवार देखिन्छन् । केहिदिन अगाडि सत्तारुढ दल नेकपाका नेता पुष्पकमल दाहलले एक सार्वजनिक समारोहमा नेपालमा प्रतिगमनकारीहरु सल्वलाउन थालेको अभिव्यक्ति दिएका थिए त्यस सन्दर्भमा टिप्पणिकारको हैसियतले “मुलुकमा सुसासन दिन सकेमा प्रतिगमनकारीहरुले टाउको उठाऊन सक्ने छैनन”भन्ने विषयमा लेखेको थिए । सुसासन भएको मुलुकमा,पारदर्शि सत्ता संचालन भएको अवस्थामा नागरिकहरु आन्दोलित हुदैनन् ।

Advertisement

केहिदिन अघि मुलुकमा दुईवटा नागरिक संम्लग्नताको घटनाहरु घट्यो जसमा आम नागरिकहरुले सकृय सहभागिता जनाए । एउटा घटना पत्रकार शालिकराम पुडासैनिको मृत्यु पछिको अनुसन्धानमा रहेका पत्रकार रवि लामिछानेको समर्थनमा निस्किएका नागरिक सागर र मंन्त्री योगेस भट्टराई बुद्धएरवाट नेपालगंजवाट–काठमाण्डौ आउँदा ढिलाई भएको कारणले देखिएको नागरिक आक्रोशलाई लिन सकिन्छ ।

दुई दशक अगाडिको कुरा हो यो टिप्पणीकार आन्तरिक हवाई यात्राको क्रममा थियो । पोखरा जाने उक्त हवाईजहाजÞमा सवै यात्रुलाई वोर्डिङग गराईसकेको थियो । परिचारिकाले यस यात्रामा भिभिआइपि(मंन्त्री परिषदको एक सदस्य) को यात्रा हुने र उहाँको ढिलाईको कारण जहाजÞ समयमा ऊड्न नसकेको हुँदा जानकारी गराउदै थिइन । सवै यात्रु धैर्यता पुर्वक वसेका थिए । भिभिआइपि यात्रा कार्डमा तोकिएको समय भन्दा ४५ मिनट पछि आगमन हुन्छ । आगमनपछि भिभिआईपि प्रति अधिकांश यात्रुहरुले आफु वसेको सिटवाट ऊठेर सम्मान जनाएका थिए उनले पनि आफु ढिला भएकोमा क्षमा याचना गरेका थिए । त्यो हार्दिकताको समय थियो, तर अहिलेको समय वदलिएको छ,समय ठिक ऊल्टो देखियो, सत्ता संचालकहरुप्रति आमनागरिकहरुको हार्दिकताको सट्टा सामान्य त्रुटिमा पनि आक्रोस पोख्ने गरेका छन् । निष्पक्ष न्यायप्रति आशंका गरि आमनागरिकहरु सडकमा निस्कने परिस्थितिको विकास हुदै गएको छ । यस्तो प्रवृत्ति मुलुक संचालनको दृष्टिकोणले राम्रो संकेत भने होईन । यस तर्फ राजनीतिक दल र सत्ता संचालकहरु ले समयमानै सजक हुनु जरुरी छ ।

Advertisement

अहिले मुलुकमा सवै राजनीतिक शक्तिले खोजेको राजनीतिक प्रणाली स्थापित छ । संसद संचालनमा गतिरोध छैन। सत्तारुढदलको संसदमा दुईतिहाइको हैसियतमा छ । संविधानको अपरिवर्तनीय धारा वाहेक मुलुक संचालनको लागि संविधान संसोधन गरेर पनि मुलुक निर्माणमा अगाडि लैजान सक्ने सुविधा सरकारलाई छ । सरकारको लागि सत्ता संचालनको दृष्टिकोणले नेपालको राजनीतिक ईतिहासमै यो स्वर्णिम अवसर हो । तर सरकारको ध्यान यस प्रकारको रचनात्मक कार्यमा लाग्न सकेको छैन। त्यसको वदला विकास निर्माणको काममा ऊदाशिनता छ । भ्रष्टाचार मौलाऊदो छ भ्रष्टाचारिलाई कारवाहिको सट्टा सरकारवाटनै संरक्षण गरिएको छ । बढ्दो हत्या, हिंसा,वलत्कार जस्ता घटनाको उचित छानविन गरि कारवाहिको कार्यमा सरकार ऊदासिन छ । राजस्व अशुलिको नाममा जनतामा ठुलो करको बोझ बोकाईएको छ । सरकारले प्राप्त गरेको करको सदुपयोगको सट्टा व्यापक दुरुपयोग छ । महंगिको मारमा आम उपभोक्ताहरु छन् । सरकार सुसासन दिनुको वदलामा सरकार निरंकुषता तर्फ उन्मुख छ ।

सरकार जनउत्तरदायि देखिदैन । यस प्रकारको पथ प्रदशक नै पथभ्रष्ट देखिएको कारण आम नागरिकमा नैरास्यता छ । यहि कारण नागरिक अराजक देखिएका हुन् । यसतर्फ सत्ता संचालकहरु र राजनीतिक शक्तिहरु सजक हुन जरुरी छ । कुसासनको कारण ठुलो वलिदानीवाट जनताले प्राप्त गरेका अधिकार कतै अपहरित नहोस ।

Advertisement

लेखक महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य हुन् ।

प्रतिक्रिया