स्थानीय तहका प्रशासकीय भवन एकै प्रकारका हुने
नुवाकोट । अब सबै स्थानीय तहका प्रशासकीय भवन एकै प्रकारका हुने भएको छ ।
सरकारले स्थानीय तहको प्रशासकीय भवन एकै प्ररकारका निर्माण गर्नका लागि कार्य्विधि अन्तिम चरणमा पु¥याएको छ । कार्यबिधि बनेर कार्यान्वयनमा आएपछि अब बन्ने भवन एकै प्रकारको हुने भएको हो । सरकारले ७ सय ५३ वटै स्थानीय तहका प्रशासकीय भवनमा एकरूपता ल्याउनका लागि कार्यवधि निर्माण गरी स्थानीय तहलाई प्रदान गर्न लागेको हो । सरकारले चालू वर्षको बजेटमा नै स्थानीय तहका प्रशासकीय भवन निर्माणका लागि यस वर्ष ३० करोड ५२ लाख रुपियाँ बजेटसमेत विनियोजन गरिसकेको छ ।
स्थानीय तहले प्रशासकीय भवन निर्माण गर्दा कुल लागतको गाउँपालिकाले ३० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोनुपर्ने गरी कार्यविधिमा प्रस्ताव गरिएको छ । सरकारले बेहोर्ने रकम भने क्रमिक रूपमा सरकारले हरेक वर्ष प्रदान गर्दै जाने गरी प्रस्तावित कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले गाउँपालिका र नगरपालिकाका लागि चार प्रकारका र वडा कार्यालयका लागि छ प्रकारका नक्सा उपलब्ध गरी सबै स्थानीय तहलाई यसअघि नै पठाइसकिएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले भने सबै स्थानीय तहका प्रशासकीय भवन एकै प्रकारका निर्माण गर्न सम्भव नहुने बताएका छन् । सरकारले प्रशासकीय भवन निर्माणका लागि पहिलो चरणमा आफ्नो भवन नभएको र भाडामा भवन लिन पनि सम्भव भएको स्थानीय तहलाई उच्च प्राथमिकता दिने छ । यसैगरी कार्यालय सञ्चालनका लागि न्यूनतम पूर्वाधार पनि नभएको स्थानीय तह र मन्त्रालयमा प्रस्ताव पेस गरेका स्थानीय तहमध्ये न्यून आन्तरिक आय भएका स्थानीय तहले प्रशासकीय भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रस्तावित कार्य्विधिमा उल्लेख गरिएको छ । त्यस्तै हाल भाडामा बसेको स्थानीय तहका लागि पनि कार्यालय वा कार्यालयका परिसरमा सभाकक्ष, शौचालय, प्रतीक्षालय, आपत्कालीन कार्यसञ्चालन केन्द्र, ग्यारेज र कम्पाउन्ड नभएको, नागरिकले माग गरेअनुसारको सेवा उपलब्ध गराउन पर्याप्त भौतिक पूर्वाधार नभएको र सडक यातायातको पहुँच, विपद् जोखिमको अवस्था र प्रादेशिक सन्तुलनसमेतलाई आधार मानी प्रशासकीय भवनका लागि अनुदान प्रदानका लागि उच्च प्राथमिकता दिइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया