कांग्रेसको आन्तरिक झगडाको तरुण दलमा पनि, देउवा र पौडेल पक्षबीच चर्को विवाद
विदुर खबर
२०७६ भदौ २६ गते ७:४५
नुवाकोट । कांग्रेसको आन्तरिक झगडाको रोग भातृसंस्था तरुण दलमा पनि सरेको छ । भ्रष्टाचारका मुद्दालाई आन्दोलनको विषय बनाउने कि नबनाउने भन्नेमा मुद्दामा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीबीचको विवाद सतहमा आएको हो ।
४ जना पदाधिकारीमा सीमित तरुण दलमा दुई पदाधिकारीबीच एकअर्काको निर्णयविरुद्ध बक्तव्यबाजी चलेको छ। महासचिव शाहीले भ्रष्ट्राचारविरुद्ध आन्दोलन गर्न अध्यक्ष बस्नेत तयार नभएको भन्दै बक्तव्यबाजी गरेका छन्। अध्यक्ष बस्नेतले ‘स्टनबाजी’का लागि महासचिव शाहीले बक्तव्यबाजी गरेको आरोप लगाएका छन्।
संगठनसम्बन्धी निर्णयमा समेत एक अर्काविरुद्ध बक्तव्यबाजी चलेको छ। सिन्धुपालञ्चोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई अध्यक्ष बस्नेतले केही समयअघि गरेको कारवाही महासचिव शाहीले फुकुवा गरेको पत्र पठाएका छन्। शाहीले पत्रमार्फत सप्तरीमा सीता अधिकारीलाई अध्यक्ष घोषणा गरेका छन्। शाहीको पत्रलाई अवैधानिक भन्दै अध्यक्ष बस्नेतले छुट्टै बक्तव्यमार्फत सिन्धुपालञ्चोक र सप्तरीमा यसअघि भएको निर्णयनै यथावत् रहेको उल्लेख गरेका छन्।
०७३ भदौमा पोखरामा सम्पन्न महाधिवेशनमा भागबण्डाकै आधारमा तरुण दलको ४ जनाको कार्यसमिति घोषणा भएको थियो। कार्यसमितिमा अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङ पार्टी सभापति शेरबहादुर देउवानिकट हुन्। महासचिव शाही रामचन्द्र पौडेल र उपाध्यक्ष उत्तम चापागाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। ‘तरुण दललाई पार्टी नेतृत्वले पूर्णता दिने काम गर्न सकेन’ शाहीले भने,‘यसले पनि कार्यसमितिभित्र विवाद छँदै थियो, तर भ्रष्ट्राचारलाई आन्दोलनको विषय बनाउन नमानेपछि विवाद चर्केको हो।’ पार्टीले घोषणा गरेको जागरण अभियानका क्रममा तरुण दलले वाइडबडी, बालुवाटार जग्गा प्रकरण, एनसेलको कर छली, ३३ किलो सुन काण्ड लगायतलाई मुद्दा बनाएर आन्दोलन गर्न आफूले जोड गर्दा अध्यक्ष बस्नेतले नमानेको शाहीले बताए। उनले केही समयअघि वाइडबडीलाई घोटालाका दोषीलाई कारवाहीको माग राखेर अख्तियार घेर्ने तय भइसकेको कार्यक्रमसमेत अध्यक्ष बस्नेतकै कारण स्थगित भएको उनको दाबी छ।
अध्यक्ष बस्नेतले भने महासचिव शाहीको बक्तव्यबाजी राजनीतिक ‘स्टनबाजी’ का लागि मात्रै भएको प्रतिक्रिया दिए। ‘अख्तियार घेर्ने कार्यक्रम तय भएको थियो। तर, त्यसभन्दा बढी प्रभावकारी सिडियो कार्यालयमा ज्ञापन बुझाउँदा होला भनेर हामीले ७७ जिल्लाकै सिडियो कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने काम गरेका हौं’ बस्नेतले भने,‘हाम्रा कार्यक्रममा वाइडबडीका मुद्दा कहिल्यै छुटेको छैन।’
वाइडबडी प्रकरणमा सभापति देउवाकै नाम जोडेर मिडियामा आएपछि अध्यक्ष बस्नेतले यस कान्डलाई लिएर आन्दोलन गर्न नमानेको तर्क गरे। तर, अध्यक्ष बस्नेतले ठाडै अस्वीकार गरे। ‘सभापतिजीले हामीलाई भ्रष्टाचारविरुद्ध आन्दोलन नगर्नु भनेर कहिल्यै भन्नु भएको पनि छैन’ उनले भने,‘हामीले देशभरनै महँगी, भ्रष्टाचारका विरुद्ध सभाहरु समेत गरेका छौं।’
बस्नेतले पार्टीले घोषणा गरेको जागरण अभियानलाई औचित्वहीन भन्दै पार्टीको नीति र कार्यक्रमविरुद्ध उत्रिएको बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु





प्रतिक्रिया