सरकार कुम्भकर्ण झैँ चीर निद्रामा : नेता केसी

विदुर खबर २०७६ भदौ २२ गते २०:४५

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् संविधान सभा सदस्य जगदीश्वर नरसिंह केसीले सरकार कुम्भकर्ण झैँ चीर निद्रामा रहेको आरोप लगाएका छन् ।

Advertisement

नेपाली कांग्रेस नुवाकोट काठमाडौँ गाउँनगर समिति र नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को संयुक्त आयोजनामा पासग ल्हामु सडक खण्डको तिनपिप्लेमा सडक अबरोध गरेर आयोजित सभामा सम्बोधन गर्दै नेता केसीले उक्त आरोप लगाएका हुन् । केसीले  शैलुंग कन्स्ट्रक्सनका मालिक शारदा प्र.अधिकारीको प्रचण्डसंगको सम्बन्धलाई देखाउँदै उम्किन नपाउने समेत बताए ।

केसीले नुवाकोट प्रवेश गर्ने पासांग ल्हामु,टोखा छहरे, ओखरपौवा चाउथे कुमारी गल्छी ,बैकल्पिक राजमार्ग,गल्छी त्रिशुली राजमार्गमा ढिलासुस्ती हँुदापनि सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए । त्यसैगरी कार्यक्रममा काठमाडौँ क्षेत्र नं.७ प्रदेश सभा प्रत्यासी धर्मराज अर्याल, तारकेश्वर नगरपालिका वडा नं.३ का बडाध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं.७ ख का सभापति मनोहरी तिवारी, नुवाकोट क्षेत्र नं.१ प्रदेश सभा प्रत्यासी नेपाली कांग्रेस महासमिति सदस्य रमेश कुमार महत,नुवाकोट क्षेत्र नं.१ प्रदेश सभा सदस्य अर्जुन न्यौपाने,ने.वि.संघका निवर्तमान केन्द्रिय सदस्य सुशील भट्ट लगायतले आ-आफ्नो मन्तव्य राखे ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस ककनी गाउँपालीका काठमाडौँ सम्पर्क समितिका पदाधिकारीहरु,बेलकोटगढी नगरपालीका काठमाडौँ सम्पर्क समितिका पदाधिकारीहरु,बिदुर नगरपालीका काठमाडौँ सम्पर्क समितिका पदाधिकारीहरु,नुवाकोट महिला बिभागका पदाधिकारीहरु,नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका पदाधिकारीहरु तथा काठमाडौँ क्षेत्र नं ७ र नुवाकोट का स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया