प्रदेश नम्बर ३ प्रादेशिक क्रिकेटको अध्यक्षमा बस्नेत

विदुर खबर २०७६ भदौ २१ गते १८:३९

नुवाकोट । प्रदेश नम्बर-३ प्रादेशिक क्रिकेट संघको अध्यक्षमा राजु बस्नेत निर्वाचित भएका छन् ।

Advertisement

हेटौडामा शनिबार सम्पन्न साधारणसभाले बस्नेतको अध्यक्षतामा १३ सदस्सीय कार्यसमित चयन गरेको हो । यस्तै संघको उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, सचिवमा दुर्गाराज पाठक र कोषाध्यक्षमा अनिल अधिकारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा कैलाश रोका मगर, विनय राजभण्डारी तथा महिला सदस्यमा माया ज्ञवाली निर्वाचित भए । त्यस्तै सदस्यमा महेश्वरी डंगोल, प्रज्वल सापकोटा, सुदिप पिया, रुपक रञ्‍जित, सुजन महर्जन, अजय विर पाण्डे, अनुज मान श्रेष्ठ, राजु गुप्ता र उमेश पिया निर्वाचित भएको छन् ।

Advertisement

प्रतिक्रिया