कलाकार किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी
नुवाकोट । कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ ।
कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु एक लाखदेखि पाँच लाखसम्म रहेको छ । “चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ”, मानन्धरले भन्नुभयो, “अमेरिका, अफ्रिकालगायत विदेशी मुलुकमा बढी चर्चा कमाएको ती चित्रले नेपालमा पनि यसको अर्थ र भाव बुझाउन सफल हुँदै गएको छ ।” यस्ता प्रदर्शनीले चित्रकाला बुझ्ने खुबीको विकास गराउने उहाँको भनाइ थियो ।
प्रदर्शनीमा उपस्थित उद्योगपति विनोद चौधरीले चित्रमा माता लक्ष्मी र सरस्वतीको बास हुने भएकाले यसको भाव बुझेर अवलोकन गर्न सबैलाई आग्रह गर्नुभयो । चिकित्सक भगवान कोइरालाले प्रदर्शनीमा राखिएका चित्रले सो क्षेत्रमा लाग्ने जुनसुकै व्यक्तिको मनोबल बढाउन सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनी दुई हप्ता चल्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया