नुवाकोट सेवा समाज कतारको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ भदौ १९ गते २२:४२

दोहा । नुवाकोट सेवा समाज कतारको आयोजनामा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

गत शुक्रबार कतारको ग्रीन रेष्टुरेन्टको सभाहलमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । “सेवा नै धर्म हो ” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा रहेका नुवाकोटेहरु एकीकृत हुँदै सन २००६ मा नुवाकोट सेवा समाज कतारको स्थापना भएको हो । कार्यक्रममा समाजका पुर्व अध्यक्ष तथा समाजका बर्तमान संरक्षक हरिकृष्ण रिमाल, र सचिव सुदर्शन अधिकारीलाई खादा ओडाई सम्मानपत्रद्वारा सम्मान तथा बिदाइ गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु, अन्य पदाधिकारी, सदस्यहरु ,नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका प्रतिनिधिहरुले नुवाकोट सेवा समाज कतारले अतुलनीय योगदान गरेको रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । नुवाकोट सेवा समाज कतारले नुवाकोटकमा एम्बुलेन्स अभावका कारण ग्रामीण भेगका बिरामीहले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले सन् २०११ मा एम्बुलेन्ससेवा शुरु गरेको थियो ।

Advertisement

प्रतिक्रिया