नुवाकोट सेवा समाज कतारको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न
दोहा । नुवाकोट सेवा समाज कतारको आयोजनामा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
गत शुक्रबार कतारको ग्रीन रेष्टुरेन्टको सभाहलमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । “सेवा नै धर्म हो ” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा रहेका नुवाकोटेहरु एकीकृत हुँदै सन २००६ मा नुवाकोट सेवा समाज कतारको स्थापना भएको हो । कार्यक्रममा समाजका पुर्व अध्यक्ष तथा समाजका बर्तमान संरक्षक हरिकृष्ण रिमाल, र सचिव सुदर्शन अधिकारीलाई खादा ओडाई सम्मानपत्रद्वारा सम्मान तथा बिदाइ गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु, अन्य पदाधिकारी, सदस्यहरु ,नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका प्रतिनिधिहरुले नुवाकोट सेवा समाज कतारले अतुलनीय योगदान गरेको रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । नुवाकोट सेवा समाज कतारले नुवाकोटकमा एम्बुलेन्स अभावका कारण ग्रामीण भेगका बिरामीहले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले सन् २०११ मा एम्बुलेन्ससेवा शुरु गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया